Privacy Policy

यो वेबसाइट यस गोपनीयता नीति अन्तर्गत छ। विशेष गरि यहोवाका साक्षीहरूको अधिवेशनका प्रतिनिधिहरू र स्वयंसेवकहरूलाई हाम्रो गोपनीयता नीतिका साथै निम्न जानकारी लागू हुन्छ।

प्रतिनिधिहरू र स्वयंसेवकहरू

यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय वा विशेष अधिवेशनमा उपस्थित हुन आवेदन दिने प्रतिनिधिहरूले व्यक्तिगत जानकारी दिएका हुन्छन्, जस्तै: तिनीहरूको नाम, जन्म मिति, ठेगाना, फोन नम्बर र अन्य जानकारी। यी जानकारीहरू अधिवेशन आयोजना गर्ने यहोवाका साक्षीहरूको शाखा कार्यालयद्वारा प्रयोग गरिन्छ र त्यसमा अधिवेशनसँग जोडिएका गतिविधिहरू र योजनाहरू मिलाउनको लागि अतिथि-सत्कार समितिमा सेवा गर्ने व्यक्तिहरू पनि समावेश हुन्छन् भन्ने कुरामा प्रतिनिधिहरू आवेदन दिँदा नै सहमत भएका हुन्छन्। साथै, होटल बुकिङको प्रक्रियाको लागि र होटलमा बस्नको लागि आवश्यक अन्य उद्देश्यको लागि आफ्नो व्यक्तिगत जानकारी आफ्नो रोजिएको होटेल, त्यसमा सम्बन्धित व्यक्तिहरू वा तेस्रो पक्षीय आपूर्तीकर्तालाई पठाउने कुरामा प्रतिनिधिहरू सहमत छन्। त्यसरी जानकारी पठाउँदा अहिले प्रतिनिधिहरू बासोबास गरिरहेको देशको जानकारी सुरक्षाको नीति जुन स्तरको छ, त्यो भन्दा फरक स्तरको देशमा रहेको अधिवेशन आयोजना गर्ने शाखा कार्यालय वा व्यक्तिलाई पनि आफ्नो व्यक्तिगत जानकारी पठाइन सक्छ भन्ने कुरामा प्रतिनिधिहरू सहमत हुन्छन्।

अधिवेशन आयोजना गर्ने शाखा कार्यालयलाई मदत गर्न स्वयंसेवा गर्ने व्यक्तिहरूले यस वेबसाइटमार्फत् आफ्नो नाम, जन्म मिति, ठेगाना, फोन नम्बर लगायत अन्य विभिन्न जानकारीहरू पेस गर्नु पर्छ। यस वेबसाइटमार्फत् आफ्नो जानकारी पेस गर्दा अधिवेशन आयोजना गर्ने यहोवाका साक्षीहरूको शाखा कार्यालयद्वारा आफ्नो जानकारी प्रयोग गरिन्छ र त्यसमा अतिथि-सत्कार समितिमा सेवा गर्ने व्यक्तिहरू समावेश छन् भन्ने कुरामा स्वयंसेवकहरू सहमत हुन्छन्।

प्रतिनिधिहरू र स्वयंसेवकहरू यस वेबसाइटको प्रवेश भागमा पेस गरेको व्यक्तिगत जानकारी हेर्न सक्छन्। अतिथि-सत्कार समितिले पनि तिनीहरूको क्षेत्रमा हुने अधिवेशनमा उपस्थित हुने प्रतिनिधिहरूको आवश्यक हेरचाह गर्न र मदतको लागि स्वयंसेवकहरूसित सम्पर्क गर्नको लागि आवश्यकताअनुसार प्रतिनिधिहरू र स्वयंसेवकहरू दुवैको व्यक्तिगत जानकारी यस वेबसाइटमा हेर्न सक्छन्। प्रतिनिधिहरूको व्यक्तिगत जानकारी केवल यात्रा, यात्रासित सम्बन्धित आवश्यक कुराहरू र प्रतिनिधिले गर्ने अधिवेशनको दौडान हुने र अधिवेशनसित सम्बन्धित गतिविधिहरूको लागि मात्र प्रयोग गरिन्छ। स्वयंसेवकहरूको जानकारी केवल अधिवेशनसित सम्बन्धित स्वयंसेवा वा गतिविधिहरूको लागि मात्र प्रयोग गरिन्छ।

प्रत्येक अतिथि-सत्कार समितिले तिनीहरूको सहरमा आयोजित अधिवेशनमा खटाइएका प्रतिनिधिहरूको र त्यसै अधिवेशनमा सेवा गर्ने स्वयंसेवकहरूको मात्र व्यक्तिगत जानकारी हेर्न सक्छन्। ती जानकारी केवल अधिवेशनको योजना मिलाउन र अधिवेशनसित सम्बन्धित गतिविधिको लागि मात्र प्रयोग गरिनेछ र अधिवेशन सकेर आवश्यकता नभएपछि सकेसम्म चाँडै मेटाइनेछ।

प्रतिनिधिहरू र स्वयंसेवकहरूले आफ्नो व्यक्तिगत जानकारी नदिन वा यस वेबसाइटबाट आफ्नो व्यक्तिगत जानकारी मेटाउन अनुरोध गर्न सक्छन्। त्यसो गरेमा त्यस व्यक्ति अधिवेशनमा प्रतिनिधिको रूपमा उपस्थित हुन वा स्वयंसेवकको रूपमा सेवा गर्न अयोग्य हुन सक्छ।

तपाईँको व्यक्तिगत जानकारीसित जोडिएको तपाईँको अधिकार वा व्यक्तिगत जानकारी अरूलाई पठाउने कुरा लगायत व्यक्तिगत जानकारीको प्रयोगबारे थप जानकारी जानकारी सुरक्षित राख्ने यहोवाका साक्षीहरूको विश्‍वव्यापी नीति पृष्ठ मा पाउन सक्नुहुन्छ। कुकिज् र त्यस्तै अरू प्रविधिको हाम्रो प्रयोगबारे कुकीज् र त्यस्तै अरू प्रविधिको प्रयोगबारे विश्वव्यापी नीति पृष्ठमा पाउन सक्नुहुन्छ।